Friday, January 10, 2014

सबैको आँखा लोभि देख्छु मलाई नै ताक्छन
भन्ने चाँही आँट हुन्न भित्र भित्रै पाक्छन

उर्लेर आयो यो घोर्ले जवानी कता गै पोखु म
एउटै छ दिल कस्लाई दिउ धेरै बास माग्छन

चुलबुले चालले हो कि मोहनी रुपले हो कि
के भाका होलान यि मोराहरु ईशाराले डाक्छन

जिस्काउदा कुतकुती लाग्छ के भा कुन्नी
सम्हाल मलाई भन्दा नि पर पर भाग्छन 

No comments: