अरु त गज्जब छ
बान्की परेका खदिला
चोटिला हुन पर्ने हो कविता
माधुर्यता र सुकोमल भएर बहनु पर्ने हो
बिम्बले नै कविता बोल्नु पर्ने हो
कुन्ठा र आक्रोश मात्र अलि बढि भाको हो
नत्र साथी
अरु त गज्जब छ
केही लय बिचलन भएका हुन
बर्ण बिन्यास अलि अल्मल्लिए छ्न
च्याठिए पनि अकमक्किए पनि
श्रुती मादुर्यताको कमी मात्र भको हो
अरु त गज्जब छ
भाव बिनाको भावना जस्तो
चेत बिनाको चेतना जस्तो
बिना साधनाको कल्पशिल्प
अलि ठाडो र रुखो मात्र भको हो
अरु त गज्जब छ
हो साथी
नारा रिस गाली गलौज
कामुकता अश्लीलता
स्तुतीगान चाकरी
अचेल यिनै त कविता हुन
तिमीले पनि यसैलाई अनुसरण गरेछौ
अरु त गज्जब छ
आफ्नो मौलिकता
आफ्नै कला र सस्कृति
अनुपम अदभुत प्रकृति
झरनाको धून पंक्षिको संगीत
मानवताको सुबाश
ममताको मिठास
यस्तै कुराको कमी मात्र हो
अरु त गज्जब छ
बिचारमा नबिनता
प्रस्तुतिमा सालीनता
प्रेममा ममता
माटोमा सुगन्धत्ता
मनवतामा भद्रता
तिम्रो कवितामा यस्तै कुराको कमी मात्र हो
नत्र
अरु त गज्जब छ
मुलायम श्पर्शले
मनको कुना काप्चा न छोको मात्र हो
कविताको अत्माले आङ सिरिङ्ग न परेको मात्र हो
नत्र
अरु त गज्जब छ