Friday, April 3, 2026

 आऊ खेलौँ एउटा खेल—नजानेझैँ जानीजानी,

खुला राख त्यो मनलाई, गरून् यसले मनमानी।


चाहनाका बाँध थुन्दा क्षति हुन्छ मनलाई नै,

बग्न दिऊँ सलल यसलाई, नगर फेरि नादानी।


मनका कुरा तनले सुनोस्, मिठा सपना यसले बुनोस्,

मायामा अछुतो को छ र—भए होस् बदनामी।


लुकाएर कहाँ लुक्छन् आँखाका भाकाहरू,

मुटु बोलेको सुन्न देऊ, नहोस् कुनै हैरानी


थुनेको छु आँखाभित्रै यी आँसुका तलाउ,

कचल्टिएको छ घाउ—भयो, भो, नचलाउ।


लरखराउँदै म बल्ल उभिन खोजेको छु,

सहारा छ त्यान्द्रोको—यसलाई नढलाउ।


सम्झनाले छाती जल्छ, मन त्यसै त्यसै गल्छ,

याद बोक्ने ती चिनोहरू राखूँ या जलाउ?