थुनेको छु आँखाभित्रै यी आँसुका तलाउ,
कचल्टिएको छ घाउ—भयो, भो, नचलाउ।
लरखराउँदै म बल्ल उभिन खोजेको छु,
सहारा छ त्यान्द्रोको—यसलाई नढलाउ।
सम्झनाले छाती जल्छ, मन त्यसै त्यसै गल्छ,
याद बोक्ने ती चिनोहरू राखूँ या जलाउ?
Post a Comment
No comments:
Post a Comment