Friday, April 29, 2016

त्रिभुबन बिमान स्थल, अब्यस्थित र कुरुपताले गाँजेको एक मात्र देशको प्रबेशद्वार, श्रेम बेच्न आतुर निरह मान्छेहरुको भिड अनि बिदेशी  पर्यटकहरुलाई तानातन गर्ने थोत्रा ट्याक्सीका हुलहरु र लाग्थ्यो म त्यही हुलमा कुनै कुम्भ मेला भर्न आएको थिएँ । हुन त करिव ५ बर्षको अमेरिका बसाइ पछि २ महिनाको छुट्टी मनाउन म नेपालमा आएकी थिए । आफ्नो माटो र आफ्नोपनमा मिसिन पाँउदा २ महिना कसरी बित्यो त्यो पनि पत्तै भएन र म ग्रहुङो पाइलामा फेरि अमेरिका फर्कैदै थिए।शायद अमेरिकाको सुशासनले मलाई नियम कानून पालन गर्न र कुशल नागरिकको दायित्व निभाउन नसिकाउँदो हो त मलाई यस्ता दृश्यले छुँदैन थ्यो होला । ट्राफिक जाममा परेर झन्डै १ घण्टा ढिला पुगेकी म भेडाबाख्रा झै लाइनमा बसेर बल्ल बल्ल बोर्डिङको काम सक्दै थिए। मेरो आँखा एक्कासी एउटी ६-७ बर्षको बच्ची माथि अडिएको थियो जो कुनै  महिलाको हात समातेर सुरक्षा कक्ष तिर बढदै थीइन। खोइ के भयो म खिचिदै थिए  खिचिदै थिए  मानौ त्यो बच्ची चुम्बक हो र म फलामको टुक्रा ।
मेरो शरीर त्यही थियो तर म हराउदै थिए, मलाई पुराना यादले हराउदै थियो । कोइ हारेर जित्छन म जितेर हारेको आभासमा थिए। शायद मैले जिन्दगीमा जित्नु पर्ने कुरा हारे र हारे नि अर्थ नहुने कुरा जिते । र यो हार जितको मैदानमा म अनौठो खेलाडी बने ।

लाहुरे पृष्टभुमी बोकेको मेरो परिवारमा कुनै लाहुरे संग मलाई जोडनु प्रातिष्ठाको बिषय हुन्थ्यो । गुरुङ समुदायमा हुने यो प्रतिस्पर्धाको डौडमा म पनि हिस्सेदार थिए अनिच्छामै । गगन चुम्बी भबन र सुनको होडबाजी चल्ने मेरो समाजमा मनिसको मुल्य र मान्यता भन्दा धनको अस्वच्छ प्रतिस्पर्धा चल्ने गर्छ । लाहुरे भै अर्को देशको स्वाभिमानतालाई टाल्न आफ्नो रगत पसिना खर्चिने लाहुरे हाम्रो समाजमा १ नम्बरको रोजाइमा पर्थे। फलत , म मेरो बैश फुल्न नपाई ओइलाएकी थिए ।
लाउला र खाउलाको बेलामा बाँधिएको मेरो खुशी नफक्रदै झरेको थियो र म सम्झौतामा लुकेको खुशी खोज्न लागेको थिएे ।
९ सकेर १० कक्षामा उक्लदै थिए। अरु जस्तै बैशमा फुल्न मलाई पनि रहर थियो ।  सुत्दा कल्पनाको सागरमा पौडिदै म पनि कति सुन्दर चेहेरा सित समाहित हुन्थे र कल्पनामै कक्षाका राम्राा र मन परेका केटा साथीहरु मन भरि अटाउंथे। कसैले हल्का जिस्काउदा कता कता काउकुती लागे झै हुन्थ्यो र रिसाएको जस्तो देखाए पनि भित्र भने खुशी लाग्थ्यो । घण्टौ ऐनामा बिताउनु र आफ्नो रुपमा मख्ख पर्नु मेरो सामान्य दिनचर्या भित्र पर्दथ्यो । भगवानले शायद मलाई पनि फुर्सदमै बनाएका होलान ,म रुप र सौन्दर्यमा अरु भन्दा उम्दा नै थिए र मलाई लुकिछिपी हेर्ने आँखाहारु धेरै नै हुन्थे । पढाई औसत भए पनि खेलमा अबल्ल हुनु र सुन्दरताको साथले म स्कुलमा सबैको रोजाइमा हुन्थे ।

शनिबारको त्यो दिन म नुहाएर टि भि मा आउने हिन्दी सिनेमा हेर्दै थिए सानो भाई संगै । हप्ता दिनमा नेपाल टेलेभिजनमा आउने फिल्म हेर्न हामी दिन गन्ती गरेर बस्दथ्यौ । मेरे हजुर भन्ने फिल्ममा आफुलाई नायिका भएको कल्पनामा रोमान्चकता थप्दै म फिल्ममा बग्दै थिए। तेही बेलामा घरमा मेरो आमा संगै कोइ नौलो मान्छे आएको थियो ।    
शाररिक रुपमा तन्दुरुस्त देखिने निकै फुर्तिलो र आकर्षक ब्यक्तिव एक्कासी हामी नजिक थियो। उस्को छोटो कपाल ,हाउभाउ बाट उ फौजी भएको सजिलै अडकल काटन सकिन्थ्यो । म फिल्ममा बग्दै थिए शायद  फिल्मको उत्सर्गमा समाहित भएकोले मलाई उस्को गतिबिधिमा ध्यान दिने कुनै मनसाय पनि थिएन तर पनि उस्को गतिबिधिले बेला बेला मलाई बिथोली रहेको थियो । चिडिया घरमा आएको नौलो कुनै जनवर झै उ मलाई एक्नासले हेर्दै थियो । अनुशासित र अर्काको सेवामा समर्पित भाबना बोक्ने फौजी संग मेरो सानै देखि सदभाब थियो तर उस्ले मेरो सोचलाई बिचलन गराएको थियो। बेला बेलामा उ म प्रती रौष जमाउने कोशीसमा थियो जुन म उमेरले सानै भए पनि बुझ्न सक्थे । एक घण्टाको बसाइ पछि उ बहिरिएको थियो । उस्को ब्यक्तिवले शुरुमा मलाई खिचे पनि उस्को अव्याबहारिक कृयाकलापले मलाई टाढा बनाएको थियो। नचाहदा नचाहदै म उस्को बारेमा के के सोच्दै रहेछु।
"नानी तलाई त्यो केटा कस्तो लाग्यो "अप्रत्यासिक रुपमा आमाको सबालले मलाई झस्काएको थियो । अघि उस्को हेराइको अर्थ बल्ल मैले बुझेको थिए ।
"खोइ कस्तो भन्नु ब्यहोरा खुस्केको, लबाइ खबाइ हेर्दा के के नै लगेको थियो , म्यानर नभको स्वाँठ रछ नि  " खोइ किन हो म प्रती हुर्केको आक्रोस एक्कासी पोखिएको थियो ।
"के को स्वाँठ नि , ब्रुनाइको लाहुरे हो त्यो ,तेरो लागि बिहेको कुरा चलाको छु ,रानी बनाएर राख्छ तलाई "आमा उस्को प्रसंशामा शब्द खर्चिदै  हुनु हुन्थ्यो। खोइ किन हो म चाहेर पनि बोल्न सकी रहेको थिन ,ब्रुनाइको लाहुरेको मोह अनि अव्याबहारिक उस्को गतिबिधी बिचको अन्तर्द्वन्दमा फसी रहेको बेला आमले फेरी थप्नु भएको थियो ।  " हेर छोरी सानैमा तेरो बाउ बिती हाले ,बडो दु:ख र कस्टले तलाई यहाँ सम्म हुर्काए पढाए अब राम्रो घर आए पछि छोरी मान्छेले घर गरेकै राम्रो हुन्छ ,जाँड रक्सी चुरोट बिडी केहीको अंमल पनि छैन रे । फेरि तेरो फुपुको भदा पर्ने रे  तलाई केही पर्‍यो भने पनि सम्हाल्ने फुपु पनि छिन् " आखिर आमाले समाजको आम आमाको प्रतिनिधि बोली बोलेकी थिन ।  छोरी प्रतिको चिन्ता र उनिहरुको सुरक्षित भबिष्यको चाहनामा शायद माया पनि हुँदो हो तर म तयार थिईन । मेरो कल्पनाको राज कुमार भित्र उ अटाउन सकी रहेको थिएन ।
"किन म बोझ भए र आमा , भर्खर १० मा पढदै छु ,यती कलिलो उमेरमा तेती पाको संग किन बिहे गरी पन्छाउन खोज्नु भको ,कमसेकम मेरो पढाई त सकिन दिनोस । " म प्रतिबादमा आफ्नो इच्छा र अनिच्छा मिसाउदै थिए।उमेरमा पनि उ झन्डै 10- १५ बर्ष पाको देखिन्थ्यो म भन्दा ।
"जिद्दी नगर नानी ,बिहे गरे नि पढाउछु भनेको छ, यहाँ नेपालमा के छ भबिश्य तेरो पढे पनि , भाग्यले पाको घर गुमाउनु हुँदैन । मैले तेरो फुपुलाई बचन पनि दि सकेको छु । ब्रुनाइको राजाको सुरक्षा गार्ड रे , गाडीमा सररर घुम्न पाउछेस । "  राम्रो नराम्रोको परख गर्न नसक्ने उमेरमा मैले डेटर आमाको कुराको प्रतिकार गर्न सकिन । ब्रुनाइको बारेमा सुनेको चर्चा परिचर्चा र गाडी , सुख सयलका कुराले  अल्लारे मन लाई परास्त गर्‍यो र म बिदेशको सपनामा रगिन पुगे , शायद अघि सम्म मेरो मनले नकारेको उमेरको हद पनि गौण भएन । हल्का बिरोध जनाए पनि मैले आखिर आमाको कुरालाई नाघ्न सकिन अझ भनु भने चाहिन । बिदेश बाट फर्किने लाहुरेको गाउँमा हुने सम्मान र उनीहरुको तडकभडक ,धन र दौलतको तामाझामले मलाई पनि समात्न थाल्यो र लडाईंमा हारेको योद्दा झै आत्मासमर्पणमा पुगे।अभाब र कस्टकर भोगाइको बिरुद्द सपना देख्नु शायद गलत पनि ठानेन मनले ।
आखिर बैशाखमा धुमधामले मेरो विवाह सम्पन्न भो । उस्ले समाजलाई देखाउन पर्ने आडम्बरिमा कुनै कसर बाँकी राखेको थिएन । मेरो आमाले पनि रिन पिन गरेर भए पनि आफ्नो लगत भ्याएसम्म गर्नु भएको थियो । यसरी १६ बर्षमा टेक्न पाउदा नपाउदै म आईमाई बनेको थिए।
ब्रुनाइको पहिलो महिना रमाईलै बित्यो। गाडी ,बंगला राम्रा कपडा आदी भने जस्तै पाएर म आफुलाई भाग्यशाली ठान्दै थिए र भनेको कुरा पुग्दै पनि थियो । शायद उमेरको अन्तरले होला ममा अझै अल्लारेपन हटेको थिएन र ऊ भने मेरो गतिबिधी देखि चिडिदै थियो । बिस्तारै बिस्तारै गाली गलोज सम्म पुग्न थालेको हाम्रो सम्बन्ध अस्वस्थ बन्दै गएको थियो । आम पुरुष जस्तै स्वास्नीलाई दबाउन पर्छ भन्ने मान्यता बोकेको लाहुरे अब हरेक दिन मेरो रहर र खुशी माथि धावा बोल्न थालेको थियो ।      

No comments: