Friday, April 29, 2016

   कथा

                                                                                                                       असहज साईनो


"क्या हो अभी  न चिने झै गर्छ्यौ नि ?आराम छ्यौ ?" बानेश्वरको बेस्त सडकमा एक्कासी आएको यो आबाजमा म झस्किन्छु । गोधुली साँझको यो भिडमा हुन त मेरा आँखा पहिले देखि नै उन्को आक्रिती पछ्याउन ब्यस्त नभएको होइनन ।हुन पनि भिडमै पनि जो कोही लाई खिच्न सक्ने उन्को रुप र ब्यक्तित्वमा मेरो पुरुष मन तानिनु स्वाभाबिकै थियो । उनी नजिक अाइ मन्द मुस्कान सहित आफ्नोपनको आभास दिदै बोल्दै थिन ।
"कसरी चिन्नु त ,बेपत्ता भको मान्छेलाई, यतिन्जेल कहाँ थियौ ?
"अलिकती घुर्की ,अलिकती गुनासो र अलिकती अन्तरमनमा भएको आफ्नोपनको न्यानोलाई पोख्दै म पनि उन्को यथास्थितिलाई आकलन गर्न खोज्दै थिए । आज भन्दा २० बर्ष अघिका धुमिल स्‍मृतिको अनुभुतिमा झन्डै म पुरानै अभी हुन आटेछु तर फेरि समयको रफ्तारमा जेलिएका सामाजिक बन्धनले सचेत बनाएर फेरि संयमित भए । दुई दशक पछिको यो भेटमा मैले चाहेर पनि भित्र देखिको खुशीलाई लुकाउने असफल प्रयासका साथ औपचारिकतामा साटिनु जरुरी थियो , भलै यो समय चक्रमा पिसिएका एक एक उन्का कथा संग सात्क्षात्कार गर्ने  लालशा मन भित्र न हुर्केका पनि होइनन ।
"को पो भयो बेपत्ता ? मर्यो बाँच्योको खोजिखबर समेत गर्नु छैन ,अझ "
हुन पनि झन्डै बिस बर्ष पछि अनुसा संग अप्रत्यासिक रुपमा भेट भएको थियो । उन्ले जे भनेकी थिन सहि नै थियो। हुन त मैले उनको खबर राख्न नखोजेको पनि होइन ।पारिबारिक खिचलोले बाँधिन नसकेको हाम्रो यात्रामा नजोडीदै धाजा फाटेको थियो र हामी नचाहेर पनि दुई किनरा भएका थियौ।
त्यस्तो होइन ,शायद समयलाई हाम्रो भेट मन्जुर थिएन कि? "
मैले आफ्नो बचाउको सुरक्षा कबचमा समयको दोष थोपर्दै आफु चोख्खिने बाहना खोज्दै थिए र त्यो परिस्थिती संग जुध्ने म मा शायद तगात पनि थिएन। आफ्नो मुस्कानमा छोपेको दु:खहरु उन्का निर्दोष आँखाहरुबाट चियाएर मलाई घोचिरहेको अनुभुतिले म कमजोर महसुस गर्दै थिए । उनी संगको यो अप्रायोजित यात्राामा कदम मिलाउदै अघी बढे पनि म भने अतितमा लर्खराउदै थिए।                    

अभी थाहा छ तिमीलाई मलाई तबायफ बन्न मन छ  " एक दिन सुन्तलाको घारीमा सुन्तला छोडाउदै उन्ले भनेकी थिन
के रे ? भर्खर नौ मा पढदै छ्यौ फेरि .....? " म आश्चर्यमा परेको थिए ।मेरो उमेर  उन्कै समकलिन भए पनि छिल्लिएका केटाहरुको संगतले मलाई तबायफ शब्दको अर्थ तेही उमेरमा पनि थाहा भै सकेको थियो
अनी के त म नाँच्न मन पराउछु र नांच्ने केटीलाई तबायफ भन्छन नि ,तेत्ती नि तिमीलाई थाहा छैन ,हिन्दी फिल्म पनि हेर्दानौ कि क्या हो? ' चोसो पसारेर उन्ले भनेकी थिन । उन्को अबोधता र निस्छलताले मलाई झन उन्को निकट खिचेको थियो । मनमा आको बोल्ने ,बोल्न न हिच्किचाउने र  निकै चन्चल थिईन उनी ।
  दार्जिलिङबाट नेपाल बसाइ सरेर आकी थिन उनी। गोरखामा म पढने बोर्डिङ स्कुलमा उनी पढन अाईन, उन्को प्रतिभा र  सौन्दर्यताले उन्को  चर्चा चुलिदै गयो  र उन्को ब्यक्तित्वमा लोभिने संख्या पनि थपिदै गएका थिए  र उन्को सामिप्यताको बहाना खोज्नेहरुको सुची पनि लामै हुने गर्दथ्यो । तर खोइ उन्ले म मा के देखेकी थिन उन्को नजरमा चाँही म परेको थिए र यो घनिस्टतामा बदलिदै गै रहेको थियो । बोल्न नलजाउने ,सबै कुरामा अघि बढने, मिलनसार र पढाईमा पनि अब्बल भएकोले चाडै नै उनी सबैको प्रिय पात्र बन्दै थिन ।

किन चुप अभी  , मलाई भेटेर तिमीलाई खुशी छैनौ  , पहिल त कत्ती बोल्थ्यौ ?'
अतितिमा एकोहोरो बगेर कता पुगेछु उन्को प्रश्नले फेरि मलाई झस्कायो । हुन पनि म पहिले कती बोल्थे । उन्लाई सताउने मताउने आफ्नो हक जताउने कार्यमा म कुशल खेलडी झै थिए। अहिले चलन चल्तिको शब्द सापट लिने हो भने म चालु थिए तर आज म निरह छु निस्तेज छु र म मा भएका उर्जाहरु सिथिल भएका छन ।  
ह हैन ,किन खुशी नहुनु । म एकदम खुशी छु ,बरु तेही खुशीले अनी नर्भस भए कि त ?"
अली सहज बन्नु थियो मैले र बनवटी हाँसो छर्दै म आँफै छलिदै थिए । मन भित्र झांगिएका अनगिन्ती सबाललाई मन भित्र थुनेर म आफ्नो  छाँया सँग भाग्दै थिए र शायद अरु बिकल्प पनि थिएन । समयको अप्रत्यासिक छलले नचाहेर पनि भोगेको सजायको पिडा हाम्रो साझा भोगाइ थियो । तेसैले शायद औपचारिकता साटिएको यो भेटमा न रोमान्चकता थियो न पुराना दिनका जोश थियो।
अनि तिम्रो के छ तिम्रो ?अचेल के गर्दै छ्यौ ?"
मौनतालाई छल्ने आसयमा मैले फेरि सोधेको थिए
"जिन्दगिले सिकाएको पाठलाई सिक्दै अघि बढी रहेको छु । हार्न जानिन र अहिले पनि जिन्दगी संग लडिरहेको छु "
उन्को बोलाइमा शायद अलिकती म प्रतिको नादानिमा ब्यङय थियो ,अलिकती संघर्शले सिकाएको भोगाइको पोखाइ थियो। उन्को भनाइमा म फेरि पुरानो यादमा बेरिन पुगे ।

अनिसा र म नजिकिदै थियौ ,दुइ मुटुको दुरी एक धडकनमा अाइ पुगिसकेको थियो । मन पन संग तन पनि एकाकार भै सकेकोले हाम्रो मनसिक दुरी समेत एक भएको थियो । हाम्रो नजिकीपनामा साथीहरु नक्कली चन्खे , मालती मंगले जस्ता उपमाबाट हामीलाई जिस्काउथे र उनी मख्ख पर्थिन । यसरी स्कुले जिबनमा हामी एक आर्काका पारीपुरक बनेको थियौ र शायद जिबनको स्वर्णिम समय हामीले बिताएका थियौ ।
  जवानीको उर्लदो भेलमा अल्लारे पनको उपज हो या लहड ,मैले उन्लाई प्रेम पत्र कोरेको थिए। आफुलाई सिनेमाको हिरो ठानेर हो या फिल्मी प्रभाबले हो मन मुटु मिले पछि पत्र लेख्न जरुरी नभए पनि अल्लारेपनको जोशमा म पनि समाबेश भएको थिए । पत्र उन्को आमको हात परेछ । स्कुलको वार्डेन समेत रहेकी र अली कडा स्वाभाब भएको आमाले उन्को सातो लिईछन फलत  हामी माथिको भेटमा प्रतिबन्ध लागेको थियो ।न कमाइ,न कर्तब्यबोध ,न कुनै हैसियत बनेको अल्लारे बेलामा मैले डटेर उन्को आमा सँग आफ्नो चाहतलाई न उजागर गर्न नै सकेको थिए । घरमा पनि बिरोधको आबाज उठे पछि हाम्रो दुरीमा अनयासै हुरी पस्यो।जातिय धरातलको आधार खडा गरी दुबै परिवारमा भित्रिएको खिचातानिमा हामी पिल्सियौ। म गाउ छाडेर पोखराबाट काठमाडौं आएको थिए।

"समय र परिस्थिती संग लडनु बहादुरी हो ,म खुशी छु जिबनका केही यात्रामा तिमी संग म साथ थिए। आगामी दिन सुलभ होस "

मेरो शब्दले खाटा बसेको घाऊमा कोपरे झै भएछ क्यारे ,जिन्दगिको भोगाइमा कठोर बन्दै गएकी उन्को आँखा टिल्पिलाउन पुग्यो । म उनी देखि पर भाग्न चाहन्थे र यसैको लागि म मजबूत बन्ने कोशीसमा थिए तर उन्को अघि म कमजोर हुँदै थिए र अनयासै म पनि रसाए। एक छोरीको बाउ भएको कुराले मलाई चिमोटे पनि म फेरि उनी सँग खिचिदै थिए।
मेरो डेरा पनि अाइ पुग्यो , चिया मिठो बनाउन सिकेको छु , एक्छिन छ भने जाउ क्यारे " उन्को भनाइमा  कुन आकर्षण थियो म उन्को पछि लागे।सामाजिक मायार्दाले बाँधिएको मेरो मुटुलाई फुकाउदै म बिस्तारै फुक्दै गए र अन्तत मैले कर्तब्यको सिमालाई भत्काउन पुगे ।

आकर्शक रुपमा सजाइेएको सुन्दर फ्याल्टमा म पुगेको थिए । एक्छिन बस है म आउछु भएर उनी गए पछि म उन्को भित्तामा नजर डुलाउन पुगे
भित्तामा बिभिन्न प्रकृतिका सुन्दर तस्बिरहरुले कोठामा जिबन्तता थपेको थियो भने  उन्ले पाएका प्रशंशा पत्र र मेडलहरुले उन्को बर्तमानलाई केही हद सम्म बयान गर्दै थियो । तर मैले कोठामा जे खोजेको थिए त्यो पाउन सकेको थिन । हाम्रो बिछोड पछिको उन्को जिबनका केही अंशका साक्षी भेटिएला भन्ने मेरो आकलन थियो । मेरो अनुमान भन्दा बाहिर बरु उनी र उन्का २ छोराको तस्बिर मलाई चुनौती दिदै मेरो अघि उभिएको थियो । मनमा भएका थुप्रै जिज्ञासालाई म बिस्तारै पाज्दै थिए।
 
पत्रकारिता र कलाकारितालाई अपनाउने उन्को भबिश्यको लक्ष्य थियो भने म लक्ष्य बिहिन थिए । तर आज म पत्रकारितामा स्थापित भएको छु ,थाहै नपाउदै म देशको औलामा गनिने पत्रकारमा समाबेश भएको छु । यही शिलशिलामा म देश बिदेश चाहरी रहेको हुन्छु । यस्तै क्रममा म अमेरिकामा हुँदा एक दिन एउटा जमघटमा थिए , पिउने र झुम्ने पार्टिको बिशेषता नै होला ,सबै पिउदै थिए । म तेती पिउदिन तर साथमा साथको लागि लय अबस्य मिलाउछु र त्यो दिन पनि म एउटा बियरमा रमाउदै थिए । एक्कासी खोइ कताबाट अनुशाको कुरा आएको थियो । मेरो साथी मनिषले अनुशलाई चिन्दो रछ । राम्रो र सुन्दरताको कुरा उठदा उस्ले अनुशाको नाम लिएको थियो । बाबु आमाको करले धनी संग बिहे गरेको तर उस्को श्रीमान लागु औषधीको दुर्बेशनी भएको र झगडा तथा मार्पिटनमा उत्रने कुरा बताउदै थियो । "कती राम्री शिल स्वाभाब भएको तेती राम्री आईमाईको भाग्य चाँही खत्तम रैछ , कार चढेर के गर्नु रातोदिन झगडा र कुटपिट ,डिबोर्शको कुरा समेत चलेको थियो रे तर कार दुर्घटनामा मरेछ ,शायद भगवानलाई पनि उनिहरुको जोडी मन्जुर थिएन कि ?"तेस पछि अरु कुरा के के भएको थियो म चाँही तेही रोकिएको थिए ,मानौ मेरो समयको रफ्तार रोकिएको थियो र मनिषको कुरा मन भरी दोहोरिदै थिए र म बियरका शिशीहरु चढदै थिए, कहिले एक दुई बोटल भन्दा बढी नपिउने त्यो दिन मैले दर्जन भन्दा बढी पिएछु । भोली पल्टको टाउको दु:खाइ त बियरको उपज थियो तर त्यो भन्दा बढी अनुशाको जिबनको घटना मन भरी दुखेको थियो ।

चिया सँग मलपुवा सहित उभिएर अनुशा कुन बेला देखि मलाई नियाली रहेकी रहिछन । "कहाँ छौ तिमी , ल चिया खाउ। " भन्दै मेरो नजिक आएर बसिन।
"आज संजोक पनि कती मिलेको तिमीलाई मन पर्ने मालपुवा बिहान मात्र बनाकी थिए बाबुलाई टिफिन हाल्न , तिमीलाई अहिले खुवाउन पाए "
उनी खुशी थिन ,मेरा हर च्याइस उनलाई थाहा थियो र आज अन्जानमै भए नि मेरो रोजाइमा साथ हुन सकेको खुशी थियो शायद । उन्को निभ्न लाग्या जस्तो मलिन अनुहारमा एकछिनलाई भए पनि साटिएको खुशीमा म पनि खुशी नै थिए।
'दुख लाग्यो, तिम्रो बारेमा हल्का अमेरिकामै सुनेको थिए ।" मैले अनयासै भने
" लेखान्तर कस्ले मेटन सक्दो रछ र ?नत्र ........ ?" अबरुद्द हुँदै उन्ले भनिन
उन्को नत्रमा हाम्रो कोरिन नसकेको काहानीको अंशहरु छरिएका थिए जस्लाई बटुल्न न म सक्थे न उनी नै । असहज परिस्थितीको मुकाबला गरेर धेरै बेर बस्नु मलाई उचित लागि रहेको थिएन ,तेसैले चिया सकेर बाहिरिनु उचीत थियो ।एकान्तमा सिर्जना हुने परिस्थितीको मनमा एक किसिमको भयले लखेटदै थियो र म फेरि भेटने बचनका साथ बिदा भए ।
घरमा आएर निकै बेर म आफुलाई भुलाउन खोजे र अतितले मलाई नराम्रो सँग गाँज्न थाल्यो , मेरो मनले कुनै कोणबाट पनि उन्को या मेरो दोष देखेन । समयको भेलमा लछरिदै पछरिदै बग्नुमा गलत नभएको निश्कर्षमा पुगे पछि मनमा फेरि केही उर्जा थपिएको महसुस भयो र म फेरि पुरानै बिनय भएर पुरानै अनुशलाई खोज्दै अघि बढे । फेरि बाक्लो भेट र समिप्यतामा हामी साटियौ बेफिक्री भएर । यो बेला न अनुशाले मलाई रोकिन न म मेरो गतिमा रोकिने मनस्थितिमा थिए र निर्बाध रुपमा हाम्रा दिनहरु बिश बर्ष अघिका दिनहरुमा झै गती लिन थाले ।

मेरा हर कदममा परीचित मेरो अभिन्न मित्रलाई यो कुरा स्विकार थिएन । हुन पनि यस्ले अर्को निर्दोषको घर भाडिन सक्थ्यो जस्को यस्मा कुनै दोष थिएन । मिठो सपना जस्तो ठानेर मैले अनुशालाई भुल्न पर्ने भो नत्र साथीले यो घटनालाई जया संग पुर्‍ाइदिने चेतावनी सहित यथार्थलाई बुझ्न अनुरोध गरेको थियो । जयालाई धोका दिएकोमा आत्माग्याल्नीको बोझले थिचिएको महसुसले म अनुशा संग भाग्नु पर्ने थियो एक कायर झै ।
र म केही नभनी अनुशा संग चुपचाप भागे ,आफ्नै छायालाई फेरि छलेर। फेरि दिन महिना हुँदै बर्ष बित्दै गयो र म बिस्तारै सहज हुँदै गएको थिए ।      

एक दिन मनमा भएको उथुलपुथुल र बैचनिलाई बोकेर म टोलाउदै थिए ।कुन बेला जया कोठामा पसेकी रहेछिन थाहै पाईन नजिक अाइ  नियली रहेको रहेकी जयलाई देखेर म झस्किए । मेरो जिन्दगीको सहयात्राी बनेर आएकी जया मेरा हर कदममा साथ दिदै आएकी छन र मैले उन्लाई केही लुकाउने गरेको पनि छैन । " के भो किन आज हजुर मलिन ?" मेरो अनुहार पढेर उन्ले सोधेकी थिन । शायद त्यो दिनमा भएको अर्को अप्रत्यासिक भेटमा गाँजिएको परिस्थितीको साक्षी भएको नाताले उन्ले मलाई पढेकी थिन ।
जयाको साथी समाको बिहे थियो ,हामी बिहेमा सारीक भएका थियौ र अनुशा पनि त्यो बिहेमा आफ्नो सानो छोरो सहित आएकी रहेछिन । हाम्रो यो भेटमा उन्को आँखमा धेरै अनुत्तरित प्रश्न थिए जस्को जबाफ म संग थिएन या भए नि समाधान थिएन । असहज र बिषम परिस्थितीमा भएको भेटमा मैले जया संग अनुशाको परिचय गर्नु परेको थियो । हल्का मेरो अतितको पन्ना खुले पनि आज सात्क्षात्कार भएको थियो । मौनतामै जया , अनुशा र म बोल्दै थियौ । हुन सक्छ अनुशाको मौनतामा अधुरो प्रेमको गुनासो थियो , जयाको मौनतामा आफ्नो माया कतै बाडिएको  आभासको अनुभुतिको उदगार थियो भने मेरो मौनतामा समयको गती र तेस्को प्रबाहमा ठोक्किएर जिन्दगिको हिसाबमा भएको बिचलनको गुनासो थियो । नेपथ्यमा बजेको 'जिन्दगीले हिसाब माग्छ अटाउ भने तिमीलाई 'भन्ने गजलले केही हद सम्म मेरो प्रतिनिधित्व गरे पनि हामी तीन तिर छरपस्ट थियौ । यत्तिकैमा अनुशाको छोरा आमा खोज्दै अाइ पुगेको थियो ।
"अबी दर्शन गर बाबु " अनुशाको आग्या शिरोपर गर्दै उस्ले बालसुलभ पारामा दर्शन भनेको थियो । "अनि आमा अंकल को हो ? "अप्रत्यसिक रुपमा आएको यो प्रश्नले अनुशालाई झस्काएको थियो ,पुलुक्क मलाई अनि जयालाई हेर्दै आँखाका डिलमा एक्कासी आएको आँसुलाई लुकाउन    छोराको हात समातेर केही पनि नबोली बहिरिएकी थिन ।मेरा आँखा उन्लाई ओझेल नहुन्ज्याल पच्च्याइ रहेका थिए । मेरो चेहरामा बदलिएको भाब लाई शायद जयाले राम्रै बुझे पनि नबुझे झै गरेको थिन र न शुन्यमा हराउदै थिए ।
 यिनै कुरामा थिल्थिलो भएको घटनामा मर्माहित भएको बेला म भने उन्को प्रश्नको उत्तर खोज्दै रहेछु ।    
© 2016 Microsoft Terms Privacy & cookies Developers English (United States)

No comments: