Friday, April 8, 2016

नयाँ धून नयाँ तालमा नयाँ साल आँउछ कि
धेरै भयो रात यहाँ उषाको लाली पाँउछ कि

खाली खाली बस्ती अचेल शुन्य शुन्य लाग्छ
चारो खोज्न गको चरा चिर्बिर फेरि गाँउछ कि

कैले भागबन्दि कैले नाकबन्दी यस्तै भो देशमा
अब त अलिकती खुशी यता पनि छाँउछ कि


No comments: